जलस्रोतको मुहान हिमाल जोगाउन आवश्यक : मन्त्री खड्का « Khabarhub

जलस्रोतको मुहान हिमाल जोगाउन आवश्यक : मन्त्री खड्का


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताएका छन् ।
 
 अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उनले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिएकाले यसको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्नेमा जोड दिए।
 
मन्त्री खड्काले भने, ‘जसरी हिजोका दिनमा हिउँ पथ्र्यो, अहिले पर्न छाडेको छ । हिमताल तथा तालतलैयामा पनि यसको असर देखिएको छ, कतिपय हिमतालहरू फुट्ने खतरामा छन् । त्यसको संरक्षणका लागि अनुसन्धानलगायत काम सरकारले सुरू गरिसकेको छ ।’
 
नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उनले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याए । नेपालमा पर्वतीय पर्यटन र के कस्ता हिमालहरू रहेका छन् भन्ने कुरा तस्वीरले स्पष्ट पारेको जनाउँदै मन्त्री खड्काले नेपालमा केही पनि भएको छैन र हुँदैन भन्ने भाष्य चिर्नलाई समेत यस्ता प्रदर्शनीले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
 
‘नेपाल प्राकृतिक रूपमा सम्पन्न छ, नेपालमा हिमाललगायत प्राकृतिक सम्पदा छन्, यसको सदुपयोग गर्न सन्देश दिएको छ, आन्तरिक र बाह्य पर्यटनका लागि हिमालका दृश्यले आर्कषण गर्दै आएको छ’, उनले भने। पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २० बजे

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह