‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ’ « Khabarhub

‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्ने बताएका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर पौडेलले कर्जा विस्तारलाई केन्द्रीकृत गर्नुभन्दा उत्पादन क्षेत्रलाई ध्यान दिएर कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् ।

अहिले कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको विषय राष्ट्र बैंकको चासोको विषय भएको उनले बताए ।

उनले कर्जा विस्तारको तथ्याङ्कलाई हेर्दा केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिएको धारणा राखे  ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गभर्नर पौडेलले वित्तीय संस्थाका सञ्चालकले के–कति कर्जा लिन पाउने–नपाउने भन्ने विधेयकमार्फत स्पष्ट भएर आउने बताए ।  

बैठकमा सांसदहरूले बैङ्क तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमनका लागि प्रभावकारी व्यवस्थाका साथ विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका