स्कटल्याण्डले गुमायो पहिलो विकेट, रिजनको बलमा मुन्जी आउट « Khabarhub

स्कटल्याण्डले गुमायो पहिलो विकेट, रिजनको बलमा मुन्जी आउट


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कटल्याण्डले पहिलो विकेट गुमाएको छ । अहिले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गरिरहेको छ ।

स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलको २ ओभर १ बलमा स्कटल्याण्डका जर्ज मुन्जी आउट भए । नेपालका रिजन ढकालको बलमा सोमपाल कामीबाट क्याच आउट भएका हुन् ।

आउट हुनुअघि उनले १२ बलमा २ चौकाको मद्दतमा ८ रन बनाए ।

आज नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल छन् ।

स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोलीसहित नेदरल्याण्ड्ससँग एक दिवसीय म्याचहरु खेल्नेछ । लिग २ मा नेपाल पुछारमा छ । नेपालले १२ खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०१ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त