हङकङसँग प्रतिस्पर्धा गर्न जाने नेपाली फुटबल टिमको बिदाइ « Khabarhub

हङकङसँग प्रतिस्पर्धा गर्न जाने नेपाली फुटबल टिमको बिदाइ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेका हुन् ।

नेपालले यही जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ ।

बिदाइ कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसँग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरे । उनले खेलाडीको विकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउँदै लगेको जानकारी दिए । 

खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भीर रहेको मन्त्री चौधरीले बताए । सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ५७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा