दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान  « Khabarhub

दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा-आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको छ।

संघीय सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान मार्फत ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको हो ।

दोलखाका पालिकालाई सशर्त अनुदानमा २ अर्ब १९ करोड ६२ लाख बजेट विनियोजन भएको गरेको हो । जसमा चालु खर्चतर्फ २ अर्ब ७ करोड ८७ लाख र पूँजीगत खर्चको लागि ११ करोड ७५ लाख विनियोजन  गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/०८३को  बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्लामा वित्तीय समानीकरण अनुदान बापत १ अर्ब ८ करोड ७३ लाख अनुदान, समपुरक अनुदान बापत १६ करोड ३० लाख र विशेष अनुदान बापत ९ करोड ७४ लाख बजेट विनियोजन गरेको छ । 

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा सबैभन्दा बढी बजेट भीमेश्वर नगरपालिका ५४ करोड ११लाख प्राप्त गर्ने भएको छ भने, जिरी नगरपालिकाको बजेट सबैभन्दा कम ३४ करोड २ लाख रहेकोे छ । जिरीको बजेट जिल्लाका अन्य साता गाउँपालिकाको भन्दा कम रहेको छ ।

त्यसैगरी कालिञ्चाेक गाउँपालिकाको बजेट ४२ करोड ११ लाख, गौरीशंकरलाई ३८ करोड ९५ लाख, वैतेश्वरलाई ३५ करोड ५१ लाख तामाकोशी गाउँपालिकालाई ३९ करोड ९३ लाख अनुदान दिएको हो ।

त्यसैगरी मेलुङ गाउँपालिकालाई ३५ करोड ४७ लाख, विगुलाई ३५ करोड ४३ लाख र शैलुङ गाउँपालिकाको बजेट ३८ करोड ८६ लाख विनियोजन भएको छ । -सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ३० बजे

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका

इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलापछि इरानका सर्वोच्च