राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमति « Khabarhub

राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमति


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।

गृहमन्त्री रमेश लेखकले पनि राजीनामा होइन, संसद् खोल्नुपर्छ भन्नु भयो’, उनले भने, ‘हामीले सुशासनलाई केन्द्रित गरेर कुरा राख्यौँ । हामीले राजीनामा चाहियो भनेका छौँ । जो विषयवस्तु पहिले राखेका छौँ, त्यो यथावत नै छ भन्यौँ ।’

पाण्डेले बैठकमा ओली, प्रचण्ड र देउवाको कुर्सी समान राखिएको विषयलाई सामान्य भनेका छन् । उनले कुर्सी फेरिए पनि मन उस्तै भएकाले अहिले नै राजनीतिक फेरबदलको कुरालाई अस्वीकार गरे। ‘नयाँ कुरा केही पनि छैन’, उनले भने, ‘तर व्यवस्था जोगाउने विषयमा हामी एक ठाउँ छौँ ।’

पाण्डेले सत्ता पक्ष र विपक्षी गणतन्त्रवादीहरू पहिले नै सबै एक ठाउँमा आइसेकको बताए । उनले राजावादीको आन्दोलनबाट तर्सिने कुनै कारण नरहेको पनि बताए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५२ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ