राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमति « Khabarhub

राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमति


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।

गृहमन्त्री रमेश लेखकले पनि राजीनामा होइन, संसद् खोल्नुपर्छ भन्नु भयो’, उनले भने, ‘हामीले सुशासनलाई केन्द्रित गरेर कुरा राख्यौँ । हामीले राजीनामा चाहियो भनेका छौँ । जो विषयवस्तु पहिले राखेका छौँ, त्यो यथावत नै छ भन्यौँ ।’

पाण्डेले बैठकमा ओली, प्रचण्ड र देउवाको कुर्सी समान राखिएको विषयलाई सामान्य भनेका छन् । उनले कुर्सी फेरिए पनि मन उस्तै भएकाले अहिले नै राजनीतिक फेरबदलको कुरालाई अस्वीकार गरे। ‘नयाँ कुरा केही पनि छैन’, उनले भने, ‘तर व्यवस्था जोगाउने विषयमा हामी एक ठाउँ छौँ ।’

पाण्डेले सत्ता पक्ष र विपक्षी गणतन्त्रवादीहरू पहिले नै सबै एक ठाउँमा आइसेकको बताए । उनले राजावादीको आन्दोलनबाट तर्सिने कुनै कारण नरहेको पनि बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ६ : ५२ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित