स्कटल्याण्डविरूद्ध नेपालका दुवै ओपनर आउट « Khabarhub

स्कटल्याण्डविरूद्ध नेपालका दुवै ओपनर आउट


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाएको छ । ओपनर आशिफ शेख ३३ बलमा २ चौकासहित २० रन बनाएर आउट भएका हुन् । उनलाई स्कटल्याण्डका ज्यास्पर डेभिडसनले क्याच आउट गराएका छन् ।

त्यस लगत्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर आउट भएका छन् । ४४ बलको सामना गरेका कुशलले ११ चौकासहित ५३ रन बनाए ।

२९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । १३ ओभरको खेलसकिँदा नेपालले दुई विकेटको क्षतिमा ७८ रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बबनाएको थियो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ०२ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय