स्कटल्याण्डविरूद्ध नेपालका दुवै ओपनर आउट « Khabarhub

स्कटल्याण्डविरूद्ध नेपालका दुवै ओपनर आउट


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाएको छ । ओपनर आशिफ शेख ३३ बलमा २ चौकासहित २० रन बनाएर आउट भएका हुन् । उनलाई स्कटल्याण्डका ज्यास्पर डेभिडसनले क्याच आउट गराएका छन् ।

त्यस लगत्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर आउट भएका छन् । ४४ बलको सामना गरेका कुशलले ११ चौकासहित ५३ रन बनाए ।

२९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । १३ ओभरको खेलसकिँदा नेपालले दुई विकेटको क्षतिमा ७८ रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बबनाएको थियो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ०२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु