आगामी आवको बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल « Khabarhub

आगामी आवको बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए ।

“नेकपा (एमाले)बाट बनेको अर्थमन्त्री हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने मानसिकता छ, तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु”, अर्थमन्त्री पौडेलले भने, “के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएल, स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु ।”

उनले बजेट सम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेख गरे । “बजेटका स्रोत व्यवस्थानका सीमालाई ख्याल गरेर बजेट निर्माण गरिएको छ । अनिवार्य दायित्वको आकार बढेको छ तर त्यसको पनि व्यवस्थापन गरिएको छ र विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ”, उपप्रधानमन्त्री पौडेलले भने ।

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीका क्षेत्र बढाउने गरी बजेट आएको दाबी गरे । “आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रमा गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृृजनामा पनि काम गर्नेछ”, अर्थमन्त्री पौडेलले भने।

आफू बजेटबारे आएका प्रतिक्रियाबाट आशावादी बनेको उल्लेख गर्दै उहाँले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको उल्लेख गरे । “एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, यसको कार्यान्वयन पनि मेरो जिम्मेवारी हो । बजेटले लिएका उद्देश्य पूरा गर्नेमा मैले ध्यान दिनेछु”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले आगामी आवको बजेट अर्थतन्त्र पुनःसंरचनाको औजार भएको बताए । उनले चालु आवको तुलनामा कम्तीमा २० खर्बदेखि २४ खर्ब रुपैयाँसम्मको बजेट आउनु स्वभाविक भए पनि यथार्थपरक बजेट निर्माण गर्दा कम आकारको बजेट ल्याइएको दाबी गरे ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : २३ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल