करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित « Khabarhub

आईसीसी विश्वकप लिग २

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।

२९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बलको सामना गरेका करणले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।

त्यसअघि आजको खेलमा नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले सानदार अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले ११ चौकासहित ५३ रन बनाए । अर्का ओपनर आसिफले ३३ बलमा २० रन बनाए ।

त्यसपछि नेपालको ब्याटिङ सम्हाल्न आएका भीम सार्की र कप्तान रोहित पौडेलले पनि सन्तोषजनक प्रदर्शन गरे । सार्कीले ४८ बलमा ४० रन बनाउँदा कप्तान पौडेल ३७ रन पेभेलियन फर्किए । यस्तै विस्फोट ब्याटिङ गरेका गुल्शन झाले ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए । दीपेन्द्र सिंह ऐरी, सोम्पाल कामी र आरिफ शेखको ब्याट आज चल्न सकेन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल साताैं स्थानमा उक्लिएकाे छ भने पराजित भएकाे स्कटल्याण्ड चाैथाे स्थानमा यथावत् छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : ४८ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ