बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण « Khabarhub

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो ।

साँघुरो गोरेटोमा गोठाला र बस्तुभाउ मात्रै हिँड्ने गर्थे । आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ ।

अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीड लाग्न थालेको हो । पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ ।

ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ ।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । ढोरपाटन नगरपालिका– ९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उनको भनाइ छ ।

प्रमुख थापाले भने, ‘बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरू उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ, पाँच किलोमिटर पदमार्गमध्ये केही ठाउँमा पक्की र केही ठाउँमा कच्ची छ, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आरामदायी बनाउने छ ।’

बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठालाहरू बस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए ।

वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि बर्खायाममा चहलपहल बढेको उनको भनाइ छ । बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए ।

उनका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरू बुकीपाटन पुग्न थालेका छन् ।

समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चलहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए । (रासस)

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३२ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको