अवैध आप्रवासीका लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’ | Khabarhub Khabarhub

अवैध आप्रवासीका लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर ‘एलिगेटर अल्कत्राज’ को भ्रमण गरेका छन्। उनले फ्लोरिडा भ्रमणको क्रममा भने, ‘धम्की दिने ग्रहकै दुष्ट व्यक्तिहरूको यो एउटा घर हो।’

राष्ट्रपति ट्रम्पले बनाउने सो जेलको वरपर थुप्रै जङ्गली जनावर रहने छन्। यस कारण कोही पनि भागेर जान सक्ने अवस्था छैन। ट्रम्पको यो योजनामा वातावरण विद्हरूले वातावरण नै प्रभावमा पर्ने भन्दै आलोचना गरेका छन्।

अहिले तयार भएको जेलमा तीन हजार बन्दी राख्ने क्षमता भएको उल्लेख गरिएको छ। त्यसको नजिकै अर्को जेल तयार गरिँदै छ। सो जेलमा अर्को तीन हजार जना अटाउने छन्। घर पालुवा जनावरको वासस्थान जस्तै देखिने धेरै स्थानहरू आप्रवासीका लागि तयार भएका छन्। साथै एयर कन्डिसन भएको पाल पनि त्यहाँ छ।

ट्रम्प प्रशासनले रिपब्लिकको पकड रहेको धेरै राज्यमा यसै स्वरूपको स्थान खोजी गरिरहेका छन्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा