एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै « Khabarhub

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलङ्कासँग खेल्दैछ । 

खेल उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म नेपालले श्रीलङ्कासँग सात पटक खेलेको छ । जसमा नेपाल पराजित हुनु परेको छैन । फिफा वरियतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलङ्का १५९औँ स्थानमा छ ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

नेपालले तेस्रो खेल शनिबार उज्वेकिस्तानसँग खेल्ने छ  ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ४८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता