नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह « Khabarhub

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन् । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताएका छन् ।

‘इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ’, ट्रम्पले लेखेका छन् ।

उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए।

‘म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ’, उनले लेखे ।

यसअघि मंगलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उनी ‘धेरै कडा’ हुने बताएका थिए । 

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक छन्।

यसैबीच इजरायलको अभियान जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले ‘गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतंककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ५१ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी