नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह | Khabarhub Khabarhub

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन् । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताएका छन् ।

‘इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ’, ट्रम्पले लेखेका छन् ।

उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए।

‘म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ’, उनले लेखे ।

यसअघि मंगलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उनी ‘धेरै कडा’ हुने बताएका थिए । 

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक छन्।

यसैबीच इजरायलको अभियान जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले ‘गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतंककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ५१ बजे

अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले

चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौं– चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक

सुनमा दुई प्रतिशत विलासिता कर : उपभोक्तालाई भार, तस्कर मालामाल !

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते सङ्घीय