विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा | Khabarhub Khabarhub

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो । 

न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताए। उनले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताए।

यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा धेरै रकम विनियोजन गरेको छ । बजेटमा उल्लेख भएअनुसार चिया बगान तथा अन्य क्षेत्रका श्रमिकका लागि ‘बिमा कार्यक्रम’ शीर्षकमा २५ लाख रकम विनियोजन गरेको हो ।

नगरप्रमुख गोपाल बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको स्वास्थ्य बिमामा उक्त रकम खर्च गरिने बताए। उनका अनुसार मेचीनगरले विनियोजन गरेको यस बजेटबाट ७०० भन्दा बढी श्रमिक परिवार लाभान्वित हुने भएका छन् ।

मेचीनगरमा नेपाल चिया विकास निगमको टोकला चिया बगानलगायत दर्जनौँ ठूला र साना चिया बगान रहेका छन् । तीबाहेक यातायात, कृषि, ढुवानीलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : १० बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब