धनुषामा छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या « Khabarhub

धनुषामा छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो । 

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ । विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन् । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइते भएका थिए । 

वृद्धलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ३६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली