‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे  « Khabarhub

‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य राजेन्द्र पाण्डेले संघीय निजामती सेवासम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीमा मुख्यसचिव र सचिवहरूले भूमिका खेलेको आशंका गरेका छन् ।  

नेकपा एकीकृत समाजवादीका सांसद पाण्डेले राज्य व्यवस्था समितिको बुधबारको बैठकमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाउन भूमिका खेलेको आशंका गरेका हुन् । 

‘हाम्रो मनभित्र पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले खेलेका हुन् कि भन्ने लागिरहेको छ । पर्दाभित्र त यी मुख्यसचिव, सचिवहरूले कुलिङ अफ पिरियड हटाउनका लागि प्रधानमन्त्रीलाई राजीनामा दिने धम्की दिएको भन्ने सार्वजनिक भएको थियो,’ उनले बैठकमा भने ‘अब केही गर्न सकिएन, तलबाट प्वाल पारिदिनुपर्‍यो भनेर यिनीहरू लागे भन्ने शंका लागेको छ ।’ 

विधेयकमा भएको छेडखानी पत्ता लगाएर शंका निवारणका लागि छानबिन समिति गठन गरिनुपर्ने समिति सदस्य पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ४२ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।