‘नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ’ « Khabarhub

‘नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको छेडखानीको विषयलाई लिएर सभापति रामहरि खतिवडाले नै राजीनामा दिने विषय व्यक्तिगत भएको बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नैतिकता प्रदर्शन गर्ने विषय सभापति खतिवडाको व्यक्तिगत भएको बताएका हुन् । 

‘नैतिकताको विषय व्यक्तिगत उहाँले नै प्रदर्शन गर्ने हो । विश्वास, माया, आदर भन्ने मागेर पाइने होइन,’ उनले भने, ‘कुलिङ पिरियड राख्नुपर्छ भनेर सबैभन्दा बढी बोल्ने उहाँ नै हो । फेरि हस्ताक्षर उहाँकै छ ।’

पाण्डेले विधेयकमाथि भएको छेडखानीमा संलग्न सबैमाथि कारबाहीको माग पनि गरे । ‘कुलिङ अफ पिरियड’को व्यवस्था हटाउने भूमिका रहेका व्यक्तिहरूलाई कारबाहीका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्ने माओवादीको माग छ । 

‘सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ । यसलाई यसै छाड्न हुँदैन,’ पाण्डेले भने, ‘उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्‍यो । सभापतिदेखि सबैमाथि छानबिन गर्नु पर्‍यो र दोषीमाथि कडा कारबाही गर्नुपर्‍यो ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ५३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन