माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन् « Khabarhub

माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन्


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्था छेडखानीको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ । 

माओवादी केन्द्रले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सिफारिस गरेको ‘कुलिङ पिरियड’ को व्यवस्थामाथि भएको हेराफेरीको जिम्मा सभामुखले लिनुपर्ने बताएको हो ।  

‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यी एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन,’ पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्व समेतले लिनु पर्दछ ।’ 

‘कुलिङ पिरियड’मा भएको छेडखानीलाई गम्भीर प्रकृतिको संसदीय अपराधको संज्ञा दिँदै यथाशक्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पनि जिकिर गरे । ‘यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनु पर्दछ,’ सापकोटाले भने । 

यो घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको माओवादी केन्द्रको ठहर छ । ‘सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ?,’ प्रवक्ताले प्रश्न गर्दै भने, ‘यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन् । यस जालसाजीपूर्ण घटना सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’

उनले घटनाले संसद्माथि धोका, मानमर्दन र अपमान गरेको भन्दै संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्‍याएको बताए । सुशासनका लागि कोशेढुङ्गा साबित हुने जनताको अपेक्षाविपरीत गम्भीर विश्वासघात भएको जिकिर गर्दै प्रवक्ता सापकोटाले ‘कुलिङ पिरियड’मा भएको जालेसाजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीसमेत दिएको बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३३ बजे

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू