अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल « Khabarhub

अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन् ।

आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय पुल तथा बाटाहरू आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताए।

उनले भने, ‘अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत संकलन गरेर काम गर्छौं ।’

मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताए।

‘पूर्वपश्मिचमा चार वटा राजमार्गहरू बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरू बढ्दै जानेछन्। जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।’ 

उनले बजेट सन्तुलनमा गत वर्षको टे«न्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकारे । उनले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताए।

मन्त्री दाहालले तीन करोडभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताए। 
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : ०० बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा