अमरसिंह पुनले देउवालाई भने- संघीयताको पूर्ण कार्यान्वयनका लागि पहल गर्नु पर्‍यो  « Khabarhub

अमरसिंह पुनले देउवालाई भने- संघीयताको पूर्ण कार्यान्वयनका लागि पहल गर्नु पर्‍यो 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले संघीयताको पूर्ण कार्यान्वयनका लागि पार्टीले संघको अधिकार प्रदेशमा हस्तान्तरणका लागि आवश्यक पहल लिनुपर्ने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बुधबार आमन्त्रित सदस्यको हैसियतमा धारणा राख्ने क्रममा उनले संघमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरेर संघीयताको पूर्ण कार्यान्वयनमा पार्टीले पहल गर्नुपर्ने बताएका हुन् ।  

‘पार्टीको तर्फबाट संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्न आवश्यक पहल कदमी लिन आवश्यक छ,’ लुम्बिनी प्रदेश कार्यसमिति सभापति पुनले भने । 

उनले जनप्रतिनिधिहरूलाई पार्टीप्रति थप उत्तरदायी र जवाफदेही बनाउन तहगत पार्टी संरचनालाई तहगत सरकारको निर्माण, निर्देशन र मूल्यांकन गर्ने अधिकार दिनुपर्ने पनि बताए । 

‘राजनीतिक नियुक्ति पनि सम्बन्धित पार्टी समितिको निर्णयबाटै हुने वैधानिक व्यवस्था कायम गरिनु पर्छ,’ प्रदेश सभापति पुनले बैठकमा भने, ‘मनोमानी तरिकाले मनोनयन तथा नियुक्तिले पार्टी संगठनमा लामो समयदेखि सक्रियता र योगदान दिइरहेका साथीहरूमा चरम निराशा र वितृष्णा आएको छ ।’ 

उनले पार्टीमा योगदान दिँदै आएका कार्यकर्ताहरूमा बढेको वितृष्णा कम गर्न पार्टीको केन्द्रीय तथा प्रदेश विभागमा मनोनित गर्दा जिल्लाको सिफारिसका आधारमा नियुक्त गर्ने थिति बसाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै