माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन « Khabarhub

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ ।  

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए । 

सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने उनले बताए ।

सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे । वर्तमान सरकार मुलुकको कलंकको रूपमा स्थापित भइरहेको उनको भनाइ छ । 

त्यस्तै उनले निजामती विधेयकका विषयमा सांसदहरूको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसद्को नेतृत्व तहले लिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ०९ बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै