विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने « Khabarhub

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् ।

नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने घोषणा गरेको चार दिनपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने भन्दै उनले गृह मन्त्रालयलाई पत्र पठाएकी हुन् ।

पूर्वराष्ट्र प्रमुखको सेवा-सुविधा लिएर सक्रिय राजनीतिमा फर्किँदा प्रश्न उठ्ने भएपछि सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो ।

गृह मन्त्रालयले पूर्व राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा–सुविधा कटौतीका लागि पत्र पठाएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भण्डारीले पठाएको पत्र आइपुगेको जानकारी दिएका छन् ।

भण्डारीले एमालेको मार्ग निर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेता मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

यसअघि काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनी दुई कार्यकाल राष्ट्रपति पदमा रहेकी थिइन् ।

राष्ट्रपति पदबाट बिदा भएपछि उनी एमालेको राजनीतिमा फर्किन तम्तयार छिन् । उनले राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेका नेता-कार्यकर्ता माथिदेखि तलैसम्म दुई धारमा विभाजित भएका छन् ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिव छन् ।

त्यस्तै पूर्वराष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीलाई बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा नहटाउने गृह मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा लिएकी छैनन् । तर २०७ लिटर पेट्रोल मासिक गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ११ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर