इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी | Khabarhub Khabarhub

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले इरानी आकाशमा आक्रमण गरे र बमबारी अभियान सुरु गरे, इरानको वायुसेना कतै देखिएन । इरानले ती आक्रमणलाई धेरै समय रोक्न सकेन ।

वायुसेनाले पनि आफ्ना जेटहरू दौडाउन सकेनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्ट अनुसार इरानमा इजरायली र अमेरिकी हवाई आक्रमणको केही दिनपछि तेहरानले चिनियाँ चेंगदु जे–१० सी लडाकु विमानहरू किन्न तयारी गरेको छ ।

लडाकु विमान खरिद गर्न रूससँगको सम्झौतामा कुनै प्रगति नभएपछि पाकिस्तानको वायुसेनाद्वारा प्रयोग गरिने पीएल–१५ मिसाइलहरूसँग मिल्दो सस्तो चिनियाँ जेटहरू तेहरानले खरिद गर्न लागेको बताइएको छ ।

रुससँग एसयू–३५ विमानको लागि असफल सम्झौता पछि, इरानले ४.५ जेनेरेशनको बहुउद्देश्यीय लडाकु विमान चेङ्दु जे–१०सी प्राप्त गर्न चीनसँग वार्ता तीव्र पारेको द मस्को टाइम्स र युक्रेनी समाचार एजेन्सी आरबीसी युक्रेनको रिपोर्टमा उल्लेख छ ।

पहिले दुई इन्जिन भएको रुसी एसयू–३५ मा नजर राखेको इरानले रुसी डेलिभरीमा ढिलाइ भएपछि चिनियाँ एकल इन्जिन भएको जे–१०सी विमान रोजिरहेको छ । जुन जेट प्रतियुनिट लगभग ४०–६० मिलियन डलरले सस्तो छ ।

२०२३ को सम्झौतापछि प्रतिबद्धता गरिएका ५० वटा एसयू–३५ जेटमध्ये केवल चार वटा मात्र डेलिभर भएपछि प्रतिबन्धबाट प्रभावित इरानले अब चिनियाँ जे–१०सी जेटमा नजर राखेको छ । जुन जेट चीनको ‘आइरन ब्रदर’ पाकिस्तानले मे महिनामा भएको सानो युद्धको समयमा भारत विरुद्ध तैनाथ गरेको थियो ।

किन पहिले नै इरान चेङ्दु–निर्मित जे–१० किन्न असफल भयो ?

जे–१० मा इरानको चासो लगभग दुई दशक पुरानो हो । २०१५ मा १५० जेटहरू खरिद गर्ने सम्झौताको लागि वार्ता सुरु भएको थियो । तर चीनले विदेशी मुद्रामा भुक्तानीको माग गरेपछि प्रयास असफल भयो । जबकि नगदको अभावमा रहेको तेहरानले यसको सट्टा तेल र ग्यास मात्र दिने प्रस्ताव गर्न सक्थ्यो ।

त्यतिबेला इरानमाथि संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले सम्झौतालाई थप अवरुद्ध पारेको युक्रेनी समाचार एजेन्सी आरबीसी युक्रेनको रिपोर्टमा उल्लेख छ ।

फोर्ब्सको मे २०२५ को रिपोर्टले इरानले चीनबाट ३६ वटा जे–१०सी खरिद गर्न इच्छुक रहेको देखाएको छ ।

सन् २०२३ मा इजरायलमा हमासको आक्रमणको समयमा इरानले सुखोई एसयू–३५ लडाकु विमान, एमआई–२८ आक्रमण हेलिकप्टर, एस–४०० वायु–रक्षा प्रणाली, र याक–१३० प्रशिक्षण विमान प्राप्त गर्ने सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गर्यो‍‍ । यद्यपि, द वाशिङ्गटन पोस्टको एक रिपोर्ट अनुसार, सम्झौताबाट इरानले वास्तवमा प्राप्त गरेको एक मात्र उपकरण प्रशिक्षण विमानहरू थिए ।

सन् २०२५ सम्म इरानको वायुसेनामा लगभग १५० वटा लडाकु विमान थिए । जसमा मुख्यतया १९७९ को इस्लामिक क्रान्ति अघि प्राप्त गरिएको शीतयुद्धकालीन अमेरिकी विमानहरू र केही सोभियत जेटहरू थिए । यसमा एफ–४ फ्यान्टम्स, एफ–५ई÷एफ टाइगर्स, एफ–१४ए टमक्याट्स, र एमआईजी २९एस छन् ।

लन्डनस्थित इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीज (आईआईएसएस) को ओपन सोर्स रिपोर्ट, द मिलिटरी ब्यालेन्स २०२५ अनुसार तेहरानको धेरैजसो लडाकु विमान पुरानो र धेरै हदसम्म प्रयोग गर्न नसकिने अवस्थामा छ ।

जे–१० लडाकु जेटहरूले सुपरसोनिक पीएल–१५ मिसाइलहरू प्रहार गर्न सक्छन्

चीनको चेङ्दु एयरोस्पेस कर्पोरेशनद्वारा विकसित जे–१०सी, इरानको वायु सेनाको लागि एकदमै महत्त्वपूर्ण स्तरोन्नति हुन सक्छ । एईएसए राडार र पीएल–१५ लामो दूरीको क्षेप्यास्त्रहरूले सुसज्जित इरानले खोजिरहेको जे–१०सी संस्करणले इरानलाई बढेको गतिशीलता र बहुभूमिका क्षमताहरू प्रदान गर्न सक्छ । जुन केही हदसम्म इजरायलका केही अग्रपंक्तिका जेटहरूसँग तुलना गर्न सकिन्छ ।

‘भाइगोरस ड्र्यागन’ भनेर चिनिने जे–१०सी चीनको उन्नत लडाकु विमानहरू मध्ये एक हो । जसले यसको वायुसेनालाई पुरानो प्लेटफर्महरूबाट सङ्क्रमण गर्न मद्दत गर्छ ।

चिनियाँ निर्मित डब्ल्यूएस–१० इन्जिनद्वारा सञ्चालित यो विमानमा डेल्टा विङ–क्यानार्ड कन्फिगरेसन छ । जसले डगफाइटहरूमा उत्कृष्टता प्रदान गर्दछ । जे–१०सी लाई विशेष रूपमा शक्तिशाली बनाउने कुरा यसको सक्रिय इलेक्ट्रोनिक रूपमा स्क्यान गरिएको (एईएसए) रडार हो ।

जसले लक्ष्य ट्र्याकिङ र जामिङ प्रतिरोधमा सुधार गर्दछ । पीएल–१५ जस्ता दृश्य–दायरा भन्दा बाहिरका मिसाइलहरूसँग यसको अनुकूलता मिल्छ । रिपोर्टका अनुसार यसमा टाढाबाट लक्ष्यमाथि प्रहार गर्ने क्षमता छ ।

यो सम्झौताले अन्तिम रूप पायो भने तेहरान–बेइजिङ रक्षा सम्बन्धमा परिवर्तन आउनेछ । यद्यपि क्याम्पको अर्को सहयोगी मस्कोले इजरायली र अमेरिकी हवाई आक्रमणपछि इरानबाट आफूलाई टाढा बनाएको देखिन्छ ।

– एजेन्सी

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ३८ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन