नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन | Khabarhub Khabarhub

नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राष्ट्रिय  महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे ।

‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ’ महासचिव पोखरेलले भने । 

एमालेले यही आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

उनले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गरे । महासचिव पोखरेलले राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए।

बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा ‘रिपोर्टिङ्’ गरेका थिए ।

सो अवसरमा एमाले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराई र अध्यक्ष कैलाश ढुङ्गेललगायत सहभागी थिए ।
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : २१ बजे

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रपुर– रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

काभ्रेपलाञ्चोक– स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत– पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो

दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्गम क्षेत्र र पछाडि