मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो « Khabarhub

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् । 

कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी गरेका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेता बस्नेत महामन्त्री थापाप्रति आक्रोशित ढंगले प्रस्तुत भएको जानकारी दिए । 

‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नुभयो,’ बस्नेतको भनाइ उद्धृत गर्दै ती नेताले खबरहबसँग भने, ‘संसद्मा पनि मेराविरुद्ध लाग्नुभयो । तपाईंकै कारणले मेराविरुद्ध अख्तियारले छानबिन गर्‍यो ।’

ती केन्द्रीय सदस्यका अनुसार नेता बस्नेतले ढिलो–चाँडो सबैको पालो आउने चेतावनीसमेत दिए । 

‘ढिलोछिटो पालो सबैको आउँछ,’ बस्नेतले बैठकमा आक्रोश पोखे, ‘कोही चोखो हुने वाला छैन ।’
 
अख्तियारले उनीविरुद्ध टेरामक्स प्रकरणमा अनुसन्धान अघि बढाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई अदालतले २५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ३४ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी