मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो « Khabarhub

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् । 

कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी गरेका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेता बस्नेत महामन्त्री थापाप्रति आक्रोशित ढंगले प्रस्तुत भएको जानकारी दिए । 

‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नुभयो,’ बस्नेतको भनाइ उद्धृत गर्दै ती नेताले खबरहबसँग भने, ‘संसद्मा पनि मेराविरुद्ध लाग्नुभयो । तपाईंकै कारणले मेराविरुद्ध अख्तियारले छानबिन गर्‍यो ।’

ती केन्द्रीय सदस्यका अनुसार नेता बस्नेतले ढिलो–चाँडो सबैको पालो आउने चेतावनीसमेत दिए । 

‘ढिलोछिटो पालो सबैको आउँछ,’ बस्नेतले बैठकमा आक्रोश पोखे, ‘कोही चोखो हुने वाला छैन ।’
 
अख्तियारले उनीविरुद्ध टेरामक्स प्रकरणमा अनुसन्धान अघि बढाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई अदालतले २५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ३४ बजे

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा