सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ । उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायित्व स्थापनार्थ मिशन’ अन्तर्गत सञ्चालनमा रहेको थियो ।

युगान्डाबाट खटिएको सैनिक टोलीद्वारा सञ्चालन गरिएको सो हेलिकोप्टर बिहान करिब साढे सात बजे मोगादिशुको अदन अब्दुले हवाइ मैदानमा आकस्मिक रूपमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । हेलिकोप्टर बालेडोग्ले सैनिक हवाई आधारशिविरबाट उडेको थियो ।

मिशनले जारी गरेको विवरण अनुसार, सो हेलिकोप्टरमा आठ जना सवार थिए, जसमध्ये तीन जनालाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएको छ । उनीहरूको अवस्थाबारे थप जानकारी दिइएको छैन ।

बाँकी यात्रु तथा चालक दलका सदस्यहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ । 

प्रहरी अधिकृत अब्दी अलीले भने, ‘दुर्घटनास्थलबाट केही व्यक्तिहरूलाई निकालिएको थियो, तिनीहरूलाई बोकेर लैजाँदै गर्दा तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।’

प्रत्यक्षदर्शी मोहम्मद यारेले भने, ‘मैले केही मानिसको ज्यान गएको देखेँ, तर कति जना थिए भन्ने यकिन गर्न सकिनँ ।’
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन