मोहन बस्नेत लक्षित गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ  | Khabarhub Khabarhub

मोहन बस्नेत लक्षित गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्‍ट र अमर्यादित आरोपलाई फोहोरको संज्ञा दिएका छन्। 

थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् – ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।’

टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन्। 

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु – फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे। 

उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २० बजे

‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी

काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात: पर्यटक उत्साहित

रसुवा– पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात

म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा

काठमाडौं – व्यवसायी शेखर गोल्छाले निरन्तर फिल्म निर्माणमा रहने घोषणा

नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी

पोखरा- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा