कर्णाली विकास बैंक घोटला प्रकरणमा तत्कालीन अध्यक्ष मिश्र पक्राउ « Khabarhub

कर्णाली विकास बैंक घोटला प्रकरणमा तत्कालीन अध्यक्ष मिश्र पक्राउ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ ।  

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए । 

‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, सूचना अधिकारी रहेका खड्काले भने ।

विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन् । मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए । 

स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए । मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको छ । 

यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

उक्त बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । 

रासस
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ५१ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र