श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, ८-० को फराकिलो जित « Khabarhub

श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, ८-० को फराकिलो जित


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कालाई ८-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक-एक गोल गरे। 

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू भएको खेलको पहिलो हाफमै सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि अग्रता भने खेलको सातौँ मिनेटमा गीता रानाले दिलाइन् । समूह ‘एफ’ मा रहेको नेपालका लागि खेलको २०, ४२ र ४४ औँ मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् । ६० औं खेलमा साम्बाको त्यो ६४ औं गोल हो।

पहिलो हाफमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गीता रानाले १ गोल गरेको अवस्थामा दोस्रो हाफमा नेपालले ४ गोल थप्यो । नेपालका लागि गीताले खलेको ५४ औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् । त्यसपछि ६२ औ‍ँ मिनेटमा निशा थोकर, ७८ मिनेटमा रेखा पौडेल र ८९ औँ मिनेटमा पूजा रानाले गोल गरिन् ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को हार भोगेको थियो।

श्रीलंकाविरूद्ध नेपाल अहिलेसम्मका ८ खेलमा नेपाल अपराजित छ । फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सय र श्रीलंका १ सय ५९ औं स्थानमा छ।

पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ । नेपालले तेस्रो खेल शनिबार उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : २२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट