चीनको लागि पाकिस्तानको सेना रणनीतिक मोहरा बनेको आरोप « Khabarhub

चीनको लागि पाकिस्तानको सेना रणनीतिक मोहरा बनेको आरोप


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — पाकिस्तानको सेनाले हालसालै एक गम्भीर रणनीतिक मोर्चा लिएको खुलेको छ, जसमा चीनको हितअनुकूल कूटनीतिक आधार तयार गर्दै अमेरिकी प्रशासनलाई छल्ने प्रयास भइरहेको छ। ग्रीसको अनुसन्धानमूलक मिडिया “Directus” मा प्रकाशित विस्तृत विश्लेषणमा पाकिस्तानले आफ्नो आन्तरिक सैन्य र कूटनीतिक नीति चीनप्रति झुकेको देखाइएको छ।

रिपोर्ट अनुसार, पाकिस्तानले पश्चिमी सहयोगको मुखुण्डो लगाएर गुपचुप रूपमा चीनलाई दक्षिण एसियामा कूटनीतिक प्रवेशको मार्ग दिँदैछ। सेनाभित्र विशेष एकाइहरू चीनको रक्षा नीति, सञ्जाल विस्तार, र आर्थिक सुरक्षासम्बन्धी एजेण्डामा काम गरिरहेका छन्, जुन अमेरिकासँगको पारम्परिक साझेदारीसँग असमञ्जसपूर्ण छ।

विश्लेषकहरू भन्छन् कि पाकिस्तानले अमेरिकी सैन्य तथा आर्थिक सहायता प्राप्त गर्ने क्रममा आफ्ना नीतिहरू चीनतर्फ झुकाउने “दुईमुखे रणनीति” अपनाएको छ। यता, चीनले पनि पाकिस्तानलाई ‘ब्रिज स्टेट’ को रूपमा प्रयोग गरेर अफगानिस्तान, इरान, मध्य एसिया हुँदै आफ्नो प्रभाव विस्तार गर्ने योजना अघि बढाइरहेको छ।

यस प्रक्रियामा पाकिस्तानको सैन्य–राजनीतिक संरचना ‘विचौली’ को भूमिकामा उभिएको छ, जहाँ राष्ट्रहितभन्दा बढी विदेशी प्रभाव र सामरिक व्यापारलाई प्राथमिकता दिइँदैछ।

अमेरिकी चासोको विषय बनेको कुरा यो हो कि पाकिस्तानले अमेरिका र चीन दुबैसँग सैन्य सम्बन्ध राखेर संवेदनशील सुरक्षासम्बन्धी सूचनाहरू चीनतर्फ प्रवाहित गर्ने सम्भावना बढेको छ।

यसप्रकारको दोहोरो खेल न केवल दक्षिण एसियामा शक्ति सन्तुलनलाई जोखिममा पार्छ, यसले चीनको आक्रामक रणनीति र पाकिस्तानको स्वार्थपरक सैन्य नीतिबीचको गठबन्धनलाई उजागर गर्छ।

नेपाललगायत क्षेत्रीय लोकतान्त्रिक राष्ट्रहरूले अब यस्ता कूटनीतिक प्रपञ्चहरूको गहिरो मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ, ताकि शान्ति, पारदर्शिता र स्वतन्त्र निर्णय प्रक्रियाको संरक्षण कायम रहन सकोस्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३५ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको