जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा | Khabarhub Khabarhub

सिने ब्रिफ

जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
दीपा र केदारले भटाभट फिल्म साइन गर्दै छक्का पञ्जा टिमका दीपकको अस्वाभाविक मौनता
भटाभट फिल्म साइन गरेपछि चर्चामा अभिनेता महेश त्रिपाठी
हलमा नेपाली फिल्मको नील तोड्दै प्रदर्शनमा आयो नीता स्टारर र ‘रियाल रिङ्गेट’
र, गसिपमा छ, जिग्री र पाँडेको जोडी टुट्यो, एक्लै फिल्म निर्देशनमा जुटे पाँडे

गसिप

जिग्री र पाँडे सम्बन्धमा चिसो
फिल्म ‘लाज शरणम्’ व्यावसायिक रुपमा फ्लप मात्रै भएन । अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको सम्बन्ध जोगाउन पनि फ्लप भएको छ ।
यही फिल्मका कारण जिग्री र पाँडेको सम्बन्धमा चिसो पसेको छ । व्यावसायिक र व्यक्तिगत असमझदारीले उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा छ ।
सोहीकारण चलिरहेको टेलिसिरियल ‘सक्किगोनि’ प्रसारण बन्द भएको छ ।
जिग्री र पाँडेको सम्बन्ध यस्तै रहे यो सिरियल अब प्रसारणमा आउन निकै मुस्किल रहेको उनीहरु निकट बताउँछन् ।
त्यही भएर पाँडे फिल्म निर्देशनमा लागिसके । पाँडेको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायाङ्कन बिहीबार सुरु भएको छ । यस फिल्ममा ‘सक्किगोनि’का कलाकार प्रियना आचार्य ‘मुन्नी’ मात्रै छिन् ।
फिल्म ‘लाज शरणम्’ जिग्री र पाँडेको सयुक्त ब्यानर ‘जेपीटी क्रिएसन’बाट बनेको थियो । यस फिल्मलाई ‘सक्किगोनि’ टिमले बनाएको भनेर प्रचार गरिएको थियो ।
पाँडेले ‘झरीपछिको इन्द्रेणी’ पशुपति शिवजी ब्यानरबाट बनाउने भएका छन् । अहिलेसम्म पाँडेको फिल्ममा जिग्री कुनै पनि जिम्मेवारीमा छैनन ।
यता जिग्री पनि अर्को फिल्म निर्देशनको तयारीमा रहेको बुझिएको छ । अर्थात्, पाँडे र जिग्रीले आ–आफ्नो बाटो रोजिसके ।
पाँडेको फिल्म ‘झरीपछिको बादलमा’ दीपाश्री निरौला, गणेश उप्रेती, निर्मल शर्मा, मुन्नी, रमेश उप्रेती लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।
यस फिल्ममा समावेश हुने एक गीतमा मेयर बालेन्द्र शाहको र्‍याप गीत रहने पाँडेले बताएका छन् ।

भिडियो :

वर्षाको जिमको तस्बिर भाइरल

नायिका वर्षा सिवाकोटीले जिम गरिरहेको हट तस्बिर सार्वजनिक गरेपछि चर्चामा आएकी छन् ।

पिक कलरको जिम आउटफिटमा खिचेका चार तस्बिरले उनलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएको हो ।

वर्षाका अन्य तस्बिरमा औषतमा २ हजार लाइक आउने गरेको भेटिन्छ । तर, जिममा खिचेको उक्त चार तस्बिरले ८ हजार बढी लाइक पाएको छ ।

उनले नितम्बलाई हाइलाइट गरेर खिचेको तस्बिर सामाजिक सञ्जालमा बढी भाइरल भएको हो ।

तस्बिर भाइरल भएपछि वर्षाको तर्फबाट कुनै टिप्पणी सार्वजनिक भएको छैन ।

कमेडीमा फर्किए मेक्सम

युवा पुस्तामा लोकप्रिय कमेडियन मेक्सन गौडेल भारतमा लामो समयको उपचार पश्चात काममा फर्किएका छन् ।

मेक्सम यही साताबाट हाँस्य टलिभिजन कार्यक्रम कमेडी नाइट विथ च्याम्पियनको छायाङ्कन सहभागी हुने भएका छन् ।
यस शोमा उनलाई आमागी दुई साताभित्र नै दर्शकले हेर्न पाउने भएका छन् ।

पाचन प्रणालीमा गम्भीर समस्या देखिएपछि उनी उपचार गर्न भारत पुगेका थिए । उपचार क्रममा उनी अचेत अवस्थामासमेत पुगेका थिए ।

बिमारका कारण मेक्सम शोको चौथो भागबाट अनुपस्थित थिए । अहिले शोको १८ औं भाग प्रसारण भइसकेको छ ।

२० औं भागभित्रै आफ्नो प्रस्तुती दर्शकले हेर्न पाउने मेक्समले सिनेब्रिफलाई बताएका छन् ।

चर्चामा अभिनेता मेहश

एउटा भनाइ नै छ– एक दिन सबैको पालो आउँछ । अभिनेता महेश त्रिपाठीको अभिनय करिअरमा यो भनाइ अहिले निकै नै सान्दर्भिक छ ।

अमेरिकी छातवृत्तिमा इञ्जिनियर बनेका महेशले अभिनयमा करिअर बनाउने निर्णय लिए । डेढ दशकदेखि मेहश अभिनयमा क्षेत्रमा नै छन् । बल्ल उनी मेकरको नजरमा परेका छन् ।

अहिले पाँच फिल्म पाइपलाइनमा रहेका कारण उनी चर्चा आएका छन् ।

पोखरामा जन्मे हुर्केका महेश इलेक्ट्रोनिक इञ्जिनियर हुन् । सामान्य बच्चाभन्दा बढी जिज्ञासु महेशलाई स्कुल पढ्दै गर्दा बिग्रिएका ग्याजेटको पाटपुर्जा जोडर मान आकृति बनाउने सोच आयो ।

विदेशी पर्यटकको चलहपल हुने पोखरमा घर भएकाले उनको उक्त मेसिज जडित आकृति उनीहरुको नजरमा प¥यो । विदेशीहरुले त्यसलाई रोबर्ट नाम दिए ।

स्कुलमा रहँदै रोबर्ट बनाएका कारण महेश नेपाली राष्ट्रिय मिडिया र बीबीसी, सीएनएन जस्ता अन्तर्राष्ट्रिय मिडियाको चासोको विषय । यही क्रममा भेटिएका एक अमेरिकी पत्रकारमार्फत् आइएस्सी र इञ्जिनियरिङ अमेकरिकी छात्रवृत्तिमा पढेको महेश बताउँछन् ।

पोखरामा इन्जिनियर सकेर उनी ०६६ सालदेखि कलाकार बन्न काठमाडौ धाउन लागे । सिरियलमा स्पट ब्याइको जिम्मेवारी उनले अभिनय यात्रा सुरु गरे । पछि इञ्जिनियर पढेको थाहा पाएपछि निर्देशकले उनीमाथि गर्ने व्यवहार परिवर्तन भयो ।

सपछि उनी राम्रो सहायक भूमिकाका लागि पहिलो रोजाइ बन्न थाले ।

त्यस सिरियलका निर्देशकहरुले गरेको व्यवहार निकै तिक्ततापूर्ण रहेकाले उनी नाम लिन चाहँदैनन् ।

उनले ओस्कर कलेजमा अभिनय पढेका हुन् । त्यही कलेजमा उनले आधा दशक बढी अभिनय प्रशिक्षण पनि गरेका छन् ।

महेशले फिल्म नोभेम्बर रेनबाट फिचर फिल्मको अभिनय यात्रा सुरु गरेका हुन् । उनी शीर्ष भूमिकामा रहेको फिल्म भने ‘हलकारा’ हो । जुन ०७६ साल ताका छायाङ्कन भए पनि ८० सालमा प्रदर्शनमा आयो । यस फिल्मबाटै उनले आफूलाई अब्बल अभिनय क्षमता भएको अभिनेताको रुपमा उभ्याउन सफल भए । यसबाट उनले अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा उत्कृष्ट अभिनेताको अवार्डसमेत जिते ।

अभिनय करिअर सुरु गरेको डेढ दशकपछि महेशको अभिनय रहेको ‘लाज शरणम्’ प्रदर्शनमा आयो । यसमा महेश लिड नायक थिएनन् । यो फिल्मले सुखद व्यापार गर्न नसके पनि महेशको अभिनय चर्चा भयो ।

यही फिल्मबाट दर्शकको नोटिसमा परेका कारण अहिले महेशलाई फिल्महरुको प्रस्ताव आइरहेका छन् ।

‘लाज शरणम्’पछि ४० बढी फिल्मबाट प्रस्ताव आएको महेश बताउँछन् । तर, पाँच फिल्म भने उनले साइन गरिसके । त्यसमध्ये एक ‘क का कि की’को निर्माण घोषणा भइसकेको छ । बाँकीको निर्माण घोषणा दशैँअघि नै भइसक्ने महेश बताउँछन् ।

यति धेरै फिल्मबाट आफूलाई प्रस्ताव आउनुको कारण अभिनय क्षमता नै रहेको महेशको बुझाइ छ । यसलाई उनी इन्जिनियरिङ पेसा छोडेर अभिनयमा लाग्दा आफ्नो करिअरले पाएको सार्थकताका रुपमा लिन्छन् ।

हुन पनि अभिनयमा लागेको डेढ दशकपछि महेशको करिअरले गति लिएको छ । अनि ‘सबैको पालो आउँछ’ भन्ने भनाइ लागु भएन त ?

बेनिसको फिल्म जुँधेपछि

नायिका बेनिशा हमालको अहिले व्यस्त सेड्युलमा छिन् । आफ्नो अभिनय रहेको दुई फिल्महरु ‘मोहर’ र ‘सिटामोल’ एक साथ प्रदर्शनमा आउने भएपछि प्रचार हिँड्न उनलाई सकस भएको छ ।

साउन २३ बाट यी दुई फिल्म प्रदर्शनमा आउँदैछन् । बेनिशालाई यी दुवै फिल्म हेर्ने दर्शकलाई आग्रह गर्नुपर्ने बाध्यता छ । उनलाई अहिले कुन फिल्मको प्रचारमा हिँड्नु भन्ने दौधारको अवस्था छ ।

एक फिल्मको प्रचारमा हिँड्दा अर्को पक्ष रिसाउन सक्छ । हाम्रो फिल्मलाई चाहिँ समय नदिने भनेर एक पक्ष भड्किन सक्छ । अहिले बेनिशा यही नैतिक संकटमा छिन् ।

हुन त एकै कलाकारको दुई फिल्म एक साथ प्रदर्शनमा आएको यो पहिलो घटना होइन । बेनिशाको हकमा भने पहिलो पटक हो । यसरी एकै कलाकार फिल्म जुधेको घटना नगन्य मात्रामा हुने गर्छ ।

बेनिशा यो वर्ष विगतभन्दा अलि व्यस्त देखिन्छिन् । उनले फिल्म साइन गरिरहेकी छन् । यसको उदाहरण साउन २३ लाई हेर्दा हुन्छ ।

किन मौन छन् दीपकराज ?

हरेक वर्ष एक फिल्म प्रदर्शनमा ल्याउने गरेको ‘छक्का पञ्जा’ टिम विश्राममा छ । यो वर्ष ‘छक्का पञ्जा’ टिमको कुनै पनि फिल्म प्रदर्शनमा नआउने बुझिएको छ ।

छक्का पञ्जा टिमको कोर सदस्य दीपराज गिरी, दीपाश्री, निरौला र केदार घिमिरे माग्ने बूढा हुन् । दीपा र केदारले भटाभट बाहिरी फिल्म साइन गर्दा दीपकको भने अस्वाभाविक मौनता देखिएको छ ।

चौथर्फी साइबर आक्रमण हुन थालेपछि सुपरहिट फिल्म दिइरहेको ‘छक्का पञ्जा’ टिमले निर्माणबाट विश्राम लिएको हो ।
त्यसपछि केदार र दीपाले बाहिरी ब्यानरको फिल्म साइन गरेका हुन् ।

केदारले अभिनय गरेहको बाहिरी ब्यानरको फिल्म ‘माग्ने राजा’ भदौं ६ मा प्रदर्शनमा आउँदैछ । अर्को फिल्म ‘माइती घर’को प्रदर्शन मिति आगामी फूलपातीलाई तोकिएको छ भने ‘जेरी : अनटप’ आगमी असोज ३१ गते प्रदर्शनमा आउँदैछ ।

केदार फिल्म ‘जहाजै’मा पनि अनुबन्ध भएका छन् । अर्थात्, केदारले तीन फिल्मको छायाङ्कन भ्याइसके पनि एक फिल्मको छायाङ्कन बाँकी छ ।

त्यस्तै दीपाको पनि म्युजिक भिडियो र फिल्ममा अभिनयमा व्यस्तता राम्रै देखिन्छ । उनले एक फिल्म ‘बिगुल र परी’को छायाङ्नक भ्याइसकेकी छन् ।

अर्जुन घिमिरे पाँडेको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘झरीपछिको इन्द्रेणी’मा दीपा अनुबन्ध भएकी छन् । यो फिल्मको छायाङ्कन बिहीबारबाट सुरु भएको छ ।

नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ पनि दीपाले साइन गरेकी छन् । अर्थात्, अहिले दीपाको पाइपलाइनमा तीन फिल्म छन् ।

तर, दीपकराज गिरीको मौनता भने अस्वाभाविक छ । केही समयअघि उनले फिल्म ‘पाँच पाण्डव’ गर्ने चर्चा थियो । यो फिल्म अहिले स्क्रिप्टको चरणमै छ । अर्थात्, कहिले बन्ने हो टुंगो छैन ।

दीपकलाई महँगो पारिश्रमिक दिन मेकहरु तयार भएको चर्चा छ । तर दीपकले फिल्म भने साइन गरेका छैनन् । यिनै कारण लामो समयपछि उनी दशैको प्राइम डेटमा दर्शकलाई भेट्न नपाउने भएका छन् ।

अर्थात् उनी अहिलेलाई फिल्मको कामबाट मौन बस्न चाहेका छन् ।

आगामी दशैँपछि दीपक फिल्म साइन गर्ने मनस्थितिमा रहेको बुझिएको छ । अब दीपकले के गर्छन् त्यो समय आएपछि थाहा हुने नै छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : ५० बजे

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र