काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग अर्थात् ‘फास्ट ट्रयाक’ निर्माणको कामले गति लिएको छ ।

नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले भनेजस्तो गति लिन सकिरहेको थिएन ।

अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१–८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशनसहित) रहेको छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ ।

आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ । जग्गा खरिदको लागि दिइएको पेश्की १ अर्ब ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम ९.८१ करोडसहित कुल २ अर्ब ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकाले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रहेको छ ।

नमूना सडक बन्दै लेनडाँडा खण्ड
काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसको कुल लम्बाइ ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्युब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भइरहेको छ । त्यस्तै गरी ५ वटा कल्भर्ट पूर्णरुपमा निर्माण सम्पन्न भएका छन् ।

सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी  सुपरस्टक्चर निर्माणको काम थालिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ३८ बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज