माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन | Khabarhub Khabarhub

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२ मा दुई हजार ५२४ केजी माछा बिक्रीबाट ६ लाख १७ हजार २१६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आव २०८०–८१ मा दुई हजार ५१८ केजी माछा उत्पादन गरेर ६ लाख १७ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

आव २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको कार्यालय प्रमुख मनिता पौडेलले जानकारी दिइन् ।

इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यालयले आव २०८१–८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ ।

त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताइन् ।

कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्त्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुका साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्ट रूपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ ।

माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरेको छ । चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो ।

यसैगरी सिन्धुलीको मरिण ४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना कृषकलाई मत्स्यपालनसम्बन्धी सैद्धान्तिक विषयवस्तुका विषयमा जानकारी दिँदै कृषकको पोखरी अवलोकन तथा अनुगमन गरी पोखरीको पानीको गुणस्तर मापन समेत गरिएको प्रमुख पौडेलले बताइन् । (रासस)

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ११ : ०१ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।