छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु | Khabarhub Khabarhub

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मुगु–  हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ ।

सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो । यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । 

स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा  छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् । 

सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए। 

शिवजीको मूर्ति(गाथ)सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए । उनका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गरेका हुन् ।

हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ । 

यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् ।

छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृहरुको मोक्क्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देउताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देउतासहित पुग्ने गर्दछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १२ : ५८ बजे

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका