तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता « Khabarhub

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र नभई केही वर्षयता अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

दुई सय ५० वर्ष पुरानो यो नृत्य पछिल्ला वर्ष सबै समुदायको साझा पर्वका रूपमा विकास भइरहेको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । नेवारी समुदायका युवा यस नृत्यप्रति आकर्षित भइरहेको उनले बताए ।

यसको थप प्रचारप्रसार गर्ने उद्देश्यले ‘कला संस्कृतिको संरक्षण–भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ यसवर्ष कृष्ण जन्माष्टमीका दिन अर्थात् साउन ३१ गते पोखरा–३० सिसुवामा २६औँ तायाः मचा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पालिखेले बताए ।

नेवाःखल कास्कीको आह्वानमा सिसुवा नेवाःखलले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नृत्यमा नाच्ने ९० प्रतिशत नेवारी युवा नै छन् । प्रतियोगितामा कास्कीका ३५ समूहले सहभागिता जनाउने छन् ।

नृत्य प्रतियोगिताका संयोजक एवं सिसुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्रकारले मान्छेलाई सिङ बनाइ महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलोहरू डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गरिने परम्परा नै तायाःमचा भएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ३२ बजे

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको