बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो « Khabarhub

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन् ।

“यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो”, मेयर शाहले भने । मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए ।

मास्टर सेफ साह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन् । साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ५२ बजे

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको