पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध « Khabarhub

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ ।

योबाहेक अरु वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए ।

‘पहिरो धेरै ठूलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्’, उनले भने, ‘आवतजावत गर्नका लागि अरु वैकल्पिक सडक नहुँदा गाह्रो भयो ।’ मौसम र सडकको अवस्था बुझेरमात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ । (रासस)

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ११ : २८ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि