युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : १३ बजे

संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?

काठमाडौँ- संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले २२ गतेलाई तारेख दिएको

प्रभु बैंकको कामु सीईओमा लम्साल

काठमाडौं- प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त

पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन: कांग्रेस महाधिवेशन पक्षधर

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला

बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ

काठमाडौँ– ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि