अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ « Khabarhub

अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविषेक खड्का र आकृति राज भण्डारीलाई शीर्ष भूमिकामा डेब्यू गराउँदै निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्क सुरु गरेका छन् ।

ललितपुरको बंगलामुखी मन्दिरमा मंगलबार शुभ मुहूर्त गरी राउतले फिल्मको छायाङ्कन सुरु गरेका हुन् । ३५ दिनमा छायाङ्कन सक्ने लक्ष्यका साथ उनी फ्लोरमा निस्किएका हुन् ।

राउत ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता दर्शकले मन पराएका लभस्टोरी फिल्मका निर्देशक हुन् । तर, उनले पछिल्लो समय निर्देशनको धार परिवर्तन गरेका थिए ।

‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता सामाजिक कथाका फिल्म उनले निर्देशन गरेका थिए । पाँच सामाजिक कथाको फिल्म निर्देशन गरेपछि उनी पुनः लभस्टोरीमा फर्किएका हुन् ।

अर्थात् उनी आठ वर्षपछि प्रेम कथा जनारको फिल्ममा फर्किएका हुन् । यसमा उनले नव प्रतिभालाई स्थान दिएका छन् ।

अविषेक र आकृति दुवैले अहिलेसम्म कुनै फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छैनन् ।

निर्माण पक्षका अनुसार यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

यो फिल्मको लेखक विकास सुबेदीले लेखेका हुन् । विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बन्ने यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ३६ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६