थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन « Khabarhub

थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डको राजधानी बैङ्ककमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा ट्राभल मार्ट–२०२५’ मा ‘नेपाल पभेलियन’मार्फत पर्यटन प्रवर्द्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरिएको हो ।

नेपाल पर्यटन बोर्डले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र १४ निजी पर्यटन कम्पनीसँगको सहकार्यमा गत अगस्ट २६ देखि २८ सम्म थाइल्याण्डको बैंककस्थित क्विन सिरिकिट नेसनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बिटुबी ट्राभल ट्रेड इभेन्टमा नेपालको पर्यटनको प्रवर्द्धन गरिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ । विश्व पर्यटन बजारमा नेपाललाई एक आकर्षक जीवन्त अनुभूति प्रदान गराउने गन्तव्य तथा वर्षभरि नै  भ्रमण गर्न सकिने एक अद्वितीय हिमाली गन्तव्यका रूपमा सशक्त उपस्थित गरेको पाटाले जनाएको छ ।

मार्टमा ५० भन्दा बढी गन्तव्यबाट आएका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । तीसवटा गन्तव्यका दुई सय २५ संस्थाबाट चार सयभन्दा बढी बिक्रेताले सहभागिता जनाएका थिए । जसमध्ये ५२ प्रतिशत बिक्रेताहरू पहिलोपटक सहभागी भएका थिए । त्यसैगरी, ४१ वटा प्रमुख स्रोतबजारका दुई सय १८ संस्थाबाट दुई सय २५ क्रेता उपस्थित भएका थिए, जसमा ६५ प्रतिशतले पहिलोपटक सहभागिता जनाएका हुन् ।

विविध नेपाली पर्यटकीय उपजहरूसहित स्तूपा–थिममा सुसज्जित ‘नेपाल पाभेलियन’ सम्पूर्ण प्रदर्शनीबीच अत्यन्त आकर्षक र मनमोहक बनेको थियो । यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकहरूको ध्यान खिच्दै प्रशंसा प्राप्त गर्यो । पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभवलगायत नेपालका विविध पर्यटन आयामको प्रस्तुतीकरणले नेपाल पेभेलियन एक जीवन्त मञ्च बन्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीको सफल र सशक्त मोडललाई अन्तरराष्ट्रियस्तरमा उजागरसमेत गरेको छ ।

पाटा ट्राभल मार्टमार्फत आगामी वर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने नेपालकै प्रमुख अन्तरराष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाका रूपमा स्थापित हिमालयन ट्राभल मार्टको छैटौँ संस्करणको पनि प्रवर्द्धन गरिएको छ । मार्टको उद्घाटनसत्रमा पाटा अन्तरराष्ट्रिय अध्यक्ष पिटर सेमोनले एसिया प्रशान्त क्षेत्रमा यात्रा र पर्यटनको भविष्यलाई दिगो बनाउन मार्ट उपयोगी भएको बताए। 

उनले भने, “थाइल्याण्डको जीवन्त सहर बैंककमा आयोजित पाटा ट्राभल मार्ट–२०२५ मा तपाईँहरूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । यस हप्ता हामी सबै एसिया–प्रशान्त क्षेत्रमा यात्रा र पर्यटनको भविष्यलाई जोड्न, सहकार्य गर्न र सामूहिक रूपमा आकार दिन एकत्रित भएका छौँ ।”

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले छ वर्षपछि पर्यटन बोर्डसँगै पाटा ट्राभल मार्टमा सहभागिता अत्यन्तै प्रभावकारी र सार्थक बनेको विश्वास व्यक्त गरे। उनले यसपटक प्रकृति, संस्कृति र साहसिक पर्यटनसँगसँगै, वेलनेस, लक्जरी, र समुदाय–आधारित पर्यटनका लागि नेपाललाई लाइफटाइम एक्सपेरियन्सको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नेमा ध्यान केन्द्रित रहेको उल्लेख गरे। 

बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले पाटा ट्राभल मार्ट फलदायी भएको विश्वास व्यक्त गरे। आगामी वर्ष पाटा ट्राभल मार्ट मलेसियामा सन् २०२६ अगस्ट १८ देखि २० सम्म आयोजना हुने भएको पाटा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : २९ बजे

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको

लेबनानमा पनि इजरायली हमला तीव्र

काठमाडौं– अमेरिकाको साथ लिएर इरानमाथि हमाला गरेलगत्तै इजरायलले लेबनानमाथि पनि

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब