सुडानको डार्फरमा भूस्खलन हुँदा एक हजारभन्दा बढीको मृत्यु « Khabarhub

सुडानको डार्फरमा भूस्खलन हुँदा एक हजारभन्दा बढीको मृत्यु


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा आएको ‘ठूलो’ भूस्खलनका कारण एक हजार जनाको ज्यान गएको छ । भूस्खलनका कारण सम्पूर्ण पहाडी गाउँ नै समतल बन्न पुगेको छ भने कम्तीमा एक हजार मानिसको मृत्यु भएको सो क्षेत्र कब्जा गरेको विद्रोही समूहले सोमबार जानकारी दिएको छ ।

सुडान लिबरेसन मुभमेन्ट÷आर्मी एसएलएमले आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीअनुसार सबै गाउँवासीको मृत्यु भएको सङ्केत गरेको र केवल एक जना बाँचेको’ जनाएको छ ।

साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्ण रूपमा नष्ट भएको र संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल आरएसएफबीचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ ।

डार्फरका सेना–गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भनेका छन् । उनले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भने, “यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठूलो छ ।”

सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल–बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति सङ्घर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् ।

डार्फरको भूस्खलन क्षेत्रमा चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको पहुँच कठिन बनाएको छ, जसले तत्काल मानवीय सहयोग वितरणमा गम्भीर चुनौती खडा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल सुडानभित्र करिब एक करोड मानिस विस्थापित छन् भने थप ४० लाख छिमेकी देशहरूमा पलायन भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ४ : ४५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष