बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल « Khabarhub

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो विवादमा परेकी छन् । उनका पुराना अन्तर्वार्ताका क्लिपहरू पुनः सतहमा आउँदै गर्दा उनलाई दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गर्न थालेका हुन् ।

अभिनेत्री बिपाशा बसुको शारीरिक बनावटबारे दिएको विवादास्पद कमेन्टपछि, उनको अर्को अन्तर्वार्ताले अभिनेत्री अनुष्का शर्मासँग जोडिएको पुरानो प्रसंगलाई पुनः विवादमा ल्याएको छ  ।

भाइरल भएको भिडियोमा अभिनेत्री मृणाललाई आफ्नो करिअरको सुरुवाती चरणमा आफूले अस्वीकार गरेका फिल्मबारे प्रश्न सोधिएको थियो । केही समय सोचेर उनले जवाफ दिइन्, ‘धेरै फिल्महरू अस्वीकार गरेँ किनकि म तयार थिइनँ । विवाद हुने डर थियो । तीमध्ये एउटा फिल्म सुपरहिट भयो जसले त्यस फिल्मकी अभिनेत्रीलाई स्टारडमसम्म पुर्‍यायो । तर म महसुस गर्छु कि त्यतिबेला त्यो फिल्म गरेकी भए म आफैँलाई हराउने थिएँ ।’

यद्यपि उनले कुनै नाम लिइनन्, तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनले उल्लेख गरेको फिल्म अभिनेता सलमान खान अभिनीत ‘सुल्तान’ भएको दाबी गरेका छन् । अभिनेत्री मृणाललाई नै फिल्मको लागि पहिलो रोजाइमा राखिएको थियो, तर अन्ततः सो फिल्म अभिनेत्री अनुष्का शर्माले पाएकी थिइन्।

सामाजिक सञ्जालमा आलोचना चर्कनुको कारण मृणालको अर्को भनाइ पनि हो । उनले भनेकी थिइन्, ‘त्यो अभिनेत्री अहिले काम गरिरहेकी छैन, तर म आज सक्रिय छु । यो नै मेरो जित हो । मलाई तत्काल चर्चित हुनु छैन । किनभने जे तत्काल आउँछ, त्यो तत्काल हराउँछ ।’

यस भनाइपछि धेरैले उनले अभिनेत्री अनुष्कामाथि अप्रत्यक्ष प्रहार गरेको दाबी गरेका छन् ।

यो विवादमा थप रोचक तथ्य के भने, बिग बोसको एक एपिसोडमा अभिनेता सलमान खानले नै खुलासा गरेका थिए कि ‘सुल्तान ‘को पहिलो रोजाई मृणाल ठाकुर नै थिइन् । यसरी, एक अधूरो फिल्मी प्रसंगले आज फेरि विवादको रूप लिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०९ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५