भारतीय प्रधानमन्त्री मोदी र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनबीच भेटवार्ता


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्मारका कार्यवाहक राष्ट्रपति एवम् सेनाप्रमुख जनरल मिन अउङ ह्लियाङसँग भेटवार्ता गरेका छन् । साङ्घाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन शहरमा रहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

यसअघि दुई नेताबीच गत अप्रिल महिनामा थाइल्याण्डको राजधानी बैङ्ककमा बिम्स्टेकको शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार म्यान्मारको सैन्य सरकारले आगामी डिसेम्बर २८ मा चुनाव गराउने घोषणा गरेको छ । गृहयुद्ध चलिरहेको म्यान्मारमा पाँच वर्षपछि हुन लागेको यो पहिलो चुनाव हो ।

सन् २०२१ मा भएको सत्तापलटपछि जननिर्वाचित सरकारलाई पदच्युत गर्दै म्यान्मारमा सेनाले सरकार सञ्चालन गरिरहेको छ । यसैबीच, प्रधानमन्त्री मोदीले तियान्जिमा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता काइ कीसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताबारे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भेटवार्ताबारे जानकारी दिएका हुन् । उनले एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले पोलिटब्युरो स्थायी समितिका सदस्य काई कीसँग चीनको तियान्जिनमा भेटवार्ता गर्नुभयो । नेताहरुको बैठकका आधारमा सोहीअनुरुप उहाँहरुले भारत र चीनबीच द्विपक्षीय आर्थिक, राजनीतिक र जनस्तरको आदानप्रदानबारे कुराकानी गर्नुभयो ।’

यसैबीच, एससीओको साइडलाइनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धको निरन्तर विकासका लागि सीमा क्षेत्रमा शान्ति र अमन चैनको महत्वलाई जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : १३ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको