लेखजंगबारे समान धारणा बनाउन छलफल गर्दै रास्वपा नेताहरू « Khabarhub

लेखजंगबारे समान धारणा बनाउन छलफल गर्दै रास्वपा नेताहरू


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे समान धारणा बनाउन बुधबार केन्द्रीय सचिवालयको बैठक डाकेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सकिएपछि नेताहरूले यसबारेमा छलफल गर्ने तयारी गरेका हुन् । तर छलफल अनौपचारिक रूपमा गर्ने नेताहरूको तयारी छ ।

रास्वपाले रुपन्देही ३ को उम्मेदवार बनाएका लेखजंग थापामाथि बहुविवाहको आरोप लागेपछि तरगं पैदा भएको छ ।

तर थापाले दोस्रो श्रीमती नुमा शर्मासँग सम्बन्ध विच्छेद भएको प्रमाण सार्वजनिक गरेपछि यसबारे नेताहरूले समान धारणा बनाउन बनाउन लागेका हुन् ।

थापाले केन्द्रीय समिति र सचिवालयलाई सम्बन्ध विच्छेद गरेको विषयमा यस अगाडि नै जानकारी गराएका थिए । तर पत्र भने मंगलबर मात्रै बुझाएका थिए ।

यसबारे सबै नेताहरूलाई जानकारी गराएर समान धारणा बनाउन बैठक बस्न लागेको रास्वपाका शीर्ष नेताहरू बताउँछन् ।

यस्तै थापाले गोप्य बैठकमा भिडियो रेकर्ड गर्ने चस्मा लगाएर गएको विषय पनि उठेको छ ।

तर यसबारे रास्वपा प्रवक्ता मनिष झाले मोबाइल निकै टाढा भएकाले चस्मा लगाए पनि औचित्य नभएको बताए । थापाले कुनै बेइमानी नगरेको झाले स्पष्ट पारे ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ०५ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।