बेलायतमा तापक्रम तीव्र वृद्धि « Khabarhub

बेलायतमा तापक्रम तीव्र वृद्धि


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ ।

जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री सेल्सियस मापन गरिएको छ, जुन दीर्घकालीन औसतभन्दा १.५१ डिग्रीले बढी हो । यसले सन् २०१८ को १५.७६ डिग्रीको अघिल्लो कीर्तिमानलाई पार गरेको छ ।

मेट अफिसकी मौसमविद् एमिली कार्लिसलका अनुसार यो निरन्तर तापक्रम वृद्धिमा विभिन्न कारणहरूको भूमिका रहेको छ । यी सबैले वातावरणमा ताप जम्मा हुने र लामो समयसम्म टिकिरहने अवस्था बनाएका छन् ।

सन् २००० यता बेलायतमा सबैभन्दा उच्च तापक्रम भएका पाँचवटा गर्मीयामहरू मापन गरिएका छन्, जुन जलवायु परिवर्तनको गम्भीर सङ्केत हो ।

मौसम विज्ञहरूका अनुसार, यदि मानवनिर्मित हरितगृह ग्यासको प्रभाव नभएको भए, सन् २०२५ जस्तो मौसम करिब ३४० वर्षमा एकपटक मात्र देखिन सक्थ्यो ।

तर, हालको अवस्थामाअनुसार यस्ता अवस्था करिब पाँच वर्षमै एकपटक देखिन सक्छ, जसको सम्भावना प्राकृतिक अवस्थाको तुलनामा करिब ७० गुणा बढी छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ११ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए