स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा | Khabarhub Khabarhub

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

सांस्कृतिक महत्त्व बोकेको जमरा मानसिक स्वास्थ्यमा पनि लाभदायी


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि नै रहिआएको छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमराल विजया दशमीको दिन प्रसादका रुपमा ग्रहण गरिन्छ । तर पछिल्लो केही समयदेखि शीरमा सिउरिन मात्रै होइन, औषधीका रुपमा जमराको जुस पनि सेवन गर्न थालिएको छ ।

चिकित्सकका अनुसार जौको जमरा बहुउपयोगी छ । स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणमा ऊर्जा भर्ने अन्नका रूपमा लिइएको छ।

आयुर्वेदिक चिकित्सक डा. लक्ष्मण पौडेल भन्छन्– जमरा एकदमै एण्टीअक्सिडेण्ट भएको, इम्युनिटी बढाउने चिज हो । धान, गहुँ, जौ, मकै लगायतका खाद्यबालीको भर्खर पलाएको टुसाले हाम्रो शरीरमा प्राण, रस र ओज बढाउन सहयोग गर्छ ।

जमराको जुस सेवनले शरीरलाई शीतलता दिने डा. पौडेलले बताए । आयुर्वेदका अनुसार हाम्रो शरीरमा पित्त, बाथ र कफ गरी तीनवटा दोष हुन्छन् । यिनै दोषको असन्तुलनका विभिन्न विभिन्न रोग निम्तिन्छन् । जमराको जुस सेवनले यी दोष सन्तुलनमा राख्ने डा. पौडेल बताउँछन् ।

जमराको प्रयोग कसरी र कति मात्रामा गर्ने ?
जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिने डा. पौडेलले बताए । यसबाट रस निकालेर पिउन पनि सकिन्छ । ‘मान्छेको प्रकृति र उमेर अनुसार पाँचदेखि १० एमएल अथवा १० देखि १५ एमएलसम्म खान सकिन्छ’, उनले भने ।

कुनै रोग विशेष वा एण्टीअक्सिडेट घटाउने वा बढाउनुपर्ने अवस्थामा यस्को मात्रामा तलमाथि हुनसक्छ । तर खान मिल्दैन भन्ने नभएको उनले बताए ।

जमरा मानसिक स्वास्थ्यमा पनि लाभदायी
डा. पौडेलका अनुसार जमरा शुद्ध, सात्विक आहार मानिन्छ । सात्विक आहारले शरीरमा शुद्धता, मानसिक शान्ति र सकारात्मक ऊर्जा ल्याउँछ । आयुर्वेदमा सात्विक आहार मानसिक र शारीरिक स्वास्थ्यका लागि सन्तुलित मानिन्छ । दशैंमा जमरालाई टीका लगाउने समय आशर्वादका रूपमा प्रयोग गरिन्छ, जसले सकारात्मक ऊर्जा प्रवाह गराउने विश्वास गरिन्छ ।

त्यस्तै जमरा अङ्कुरित बीउबाट उत्पन्न हुने भएकाले यसमा विभिन्न प्रकारका पाचक इन्जाइम पाइन्छन्, जसले पाचन प्रक्रियामा सहायता पुर्‍याउँछ । आयुर्वेदमा पाचन शक्ति सन्तुलनमा राख्न अङ्कुरित बीउ वा जमरालाई उपयुक्त मानिने उनले बताए ।

जमरामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन र खनिज पदार्थ हुन्छन्, जसले शरीरलाई आवश्यक ऊर्जा र शक्ति प्रदान गर्ने डा. पौडेल बताउँछन् । विशेष गरी दशैँको समयमा तान्त्रिक र धार्मिक क्रियाकलाप गर्दा शारीरिक र मानसिक शक्ति आवश्यक हुन्छ, जुन जमराको सेवनबाट प्राप्त हुन्छ। जमराको जुसले आँखाको दृष्टि सुधार्न सहयोग पुग्ने डा. पौडेलको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ९ : ५८ बजे

मिथिलामा छठको तयारी सुरु

धनुषा- मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन्

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको

किशोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा