दशैँको टीका कति दिन लगाउने ? « Khabarhub

दशैँको टीका कति दिन लगाउने ?


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको टीका कतै एक दिन मात्र लगाउने चलन छ । कतै पाँचौ दिन अर्थात् पूर्णिमासम्म लगाउने चलन छ । टीकाकै दिन मात्रै लगाउनेहरूको आफ्नै तर्क छ । त्यसैगरी पूर्णिमासम्म लगाउनेको पनि आफ्नै तर्क छ । वास्तवमा टीका कति दिनसम्म लगाउन सकिन्छ त ?

एकदिन लगाउने वा पाँचौ दिनसम्म लगाउने भनेर शास्त्रमा कहिँकतै उल्लेख नभएको आचार्य सोमनाथ कोइराला बताउँछन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘टीकाको भोलिपल्ट एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म लगाउँदा केही बिग्रिन्न ।’

‘नेपालको पूर्वी भेगमा पहिलेदेखि पूर्णिमासम्म टीका लगाउने चलन हो । पश्चिमतिर टीकाको दिन मात्रै लगाउने चलन थियो’ आचार्य थप्छन्, ‘अहिले पश्चिममा पनि पाँचौँ दिन पनि दशैँको टीका लगाउने गरेको पाइन्छ । कोजाग्रत पूर्णिमाको पूजाको दिन टीका लगाउन सकिन्छ ।’

भगवतीको अभिषेक गर्ने भन्ने मुख्य टीकाको दिन नै हो । तर दशैँ हिन्दूहरूको मात्रै नभएर समग्र नेपालीको हो । यो सांस्कृतिक, सामाजिक पर्व हो । यो समाजलाई जोड्ने पर्व हो । देशविदेशमा रहेका सम्पूर्णलाई जोड्ने पर्व हो । अर्को प्रकृतिसँग पनि यो पर्व जोडिएको छ ।

टीका र जमरा विसर्जन गर्नुपूर्व लगाउन मिल्ने आचार्यको भनाइ छ । ‘आफूभन्दा अग्रजबाट टीका ग्रहण गरेर आशीर्वाद लिने हो । आदर्शवान् व्यक्तित्वहरूबाट आशीर्वाद लिएर उनीहरूकै मार्ग हिँड्नु भन्ने हो’ उनले भने, ‘नेपालको भूगोलको अवस्था हेर्दा पनि एकै दिनमा आफन्तकोमा पुग्न सकिँदैन । त्यसकारण पूर्णिमासम्म एउटै पक्ष रहने हुँदा पाँचौँ दिनमा पनि टीका लगाउन सकिन्छ ।’

नवरात्र भनेको आश्विन शुक्ल पक्षको प्रतिपदादेखि लिएर नवमीसम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । आराधनाको साथसाथ विजयादशमीको दिनसम्म पूजा हुन्छ । अधर्म हटेर धर्मको स्थापना होस् । असत्य हटेर सत्यको स्थापना होस् भन्ने कामनासहित प्रसाद लगाउने परम्परा विजयादशमी हो । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ८ : ४१ बजे

‘गौँथली’को बक्स अफिसमा तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा

भारतीय संसद्मा विपक्षीको प्रदर्शन : गृहमन्त्री अमित शाहसँग जवाफ माग्दै नाराबाजी

नयाँदिल्ली- विपक्षी सांसदहरूले सोमबार भारतीय संसद् परिसरमा सरकारविरुद्ध प्रदर्शन गरेका