बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे « Khabarhub

बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । यस्तै देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा रहेको छ ।

समितिले विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले टीका लगाउन साइत कुर्न नपर्ने समेत जनाएको छ । आज टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनु राम्रो मानिएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ ।

आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि देवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी पर्व मनाउने गरिएको हो । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : ०० बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको