बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे « Khabarhub

बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । यस्तै देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा रहेको छ ।

समितिले विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले टीका लगाउन साइत कुर्न नपर्ने समेत जनाएको छ । आज टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनु राम्रो मानिएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ ।

आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि देवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी पर्व मनाउने गरिएको हो । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : ०० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने